स्पेनका दुई डिभिजनका पाँच खेलाडीमा कोरोना भाइरस

स्पेनिस ला लिगा फूटबलको शीर्ष दुई डिभिजनको लीगमा पाँच खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

कोरोनाका कारण प्रभावित स्पेनिस लिगासहितका लीगमा यो सिजनका बाँकी खेल शुरु गर्ने तयारी भइरहेका बेला खेलाडीमा संक्रमण पुष्टि भएको हो । ला लिगाले पाँच खेलाडीमा संक्रमण देखिएको बताएपनि नाम भने सार्वजनिक गरेको छैन ।

संक्रमित सबैलाई आइसोलेशनमा राखिएको छ । संक्रमितको नियमित परीक्षण हुने र लगातार दुई परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि मात्रै प्रशिक्षणमा फर्किन पाउने जनाइएको छ । कोरोना भाइरसका कारण रोकिएको लीग शुरु गर्न सबै खेलाडीको परीक्षण हुँदा शीर्ष दुई लीगका पाँच खेलाडीमा मात्रै कोरोना संक्रमण देखिएको हो । स्पेनिस लीगका खेलाडी हाल व्यक्तिगत प्रशिक्षणमा फर्किएका छन् ।

आगामी जुन महिनामा बन्द रंगशालमा खेल खेलाउने तयारी भइरहेको छ । स्पेनमा कोरोना भाइरसका कारण २६ हजार ६ सय भन्दा बढीको मृत्यु भएको छ भने २ लाख ६४ हजार ६ सय भन्दा बढी संक्रमित छन् ।

Related posts

साफ यू–१८ च्याम्पियनसिपबाट बाहिरिएसँगै प्रशिक्षकले दिए राजिनामा

Nepnews

महिला टि–२० विश्वकपको उपाधि अष्ट्रेलियाले जित्यो

Nepnews

आर्मी एमएम कप क्रिकेटको फाइनलमा

Nepnews

फेडेररलाई हराउँदै सिट्सिपास एटिपी फाइनलमा, उपाधिका लागि डोमिनिक थिमसँग प्रतिष्पर्धा गर्ने

Nepnews

बक्सिङ: सनिलले दिलाए नेपाललाई तेस्रो स्वर्ण

Nepnews

मनाङ मर्स्याङ्दी एएफसी कपको दोस्रो चरणमा पुग्न असफल

Nepnews