रुसमा कोरोनाको संक्रमण नियन्त्रण बाहिर

रुसमा कोरोनाको संक्रमण अझै नियन्त्रण बाहिर छ । त्यहाँ लगातार छैटौं दिन पनि १० हजारभन्दा बढी संक्रमित थपिएका छन् ।
प्छिल्लो पटक त्यहाँ १० हजार सात सय जना नयाँ संक्रमित भेटिएका छन् ।

योसँगै रुसमा कुल संक्रमितको संख्या एक लाख ८८ हजार नजिक पुगेको छ । आज त्यहाँ थप ५८ जनाको मृत्यू भएको छ । मृतकको संख्या भने एक हजार सात सय २३ पुगेको छ ।

अहिलेसम्म १० वटा देशमा संक्रमितको संख्या एक लाख नाघेको छ । अमेरिका, स्पेन, इटाली, वेलायत, फ्रान्स, रुस, जर्मनी, ब्राजिल, टर्की र इरानमा संक्रमितको संख्या एक लाख नाघेको छ ।

अमेरिकामा मृतकको संख्या ७७ हजार नजिक पुगेको छ भने संक्रमितको संख्या पनि झण्डै १३ लाख पुगेको छ । यस्तै बेलायतमा ३० हजारले ज्यान गुमाइसका छन् भने संक्रमितको संख्या दुई लाख नाघेको छ । स्पेनमा संक्रमितको संख्या दुई लाख ६० हजारभन्दा माथि छ । त्यहाँ २६ हजारभन्दा बढीले ज्यान गुमाएका छन् । यस्तै इटालीमा करिब ३० हजारले ज्यान गुमाउँदा संक्रमितको संख्या पनि दुई लाख १५ हजार नाघेको छ ।

फ्रान्समा एक लाख ७४ हजारभन्दा बढी संक्रमित रहेकोमा करिब २६ हजारको मृत्यू भइसकेको छ । जर्मनीमा भने निको हुनेको संख्या उच्च छ । एक लाख ६९ हजार संक्रमितमध्ये एक लाख ४१ ह्जार निको भएका छन् भने सात हजार तीन सय जनाको मृत्यू भएको छ । त्यहा २० हजार संक्रमित उपचार गराइरहेका छन् । जसमध्ये करिब दुई हजारमात्र गम्भीर अवस्थामा छन् ।

कोरोना भाइरसका कारण विश्वभरीमा संक्रमित हुनेको संख्या ३९ लाख नाघेको छ । अहिलेसम्म ३९ लाख तीस हजार सात सय ८४ जना संक्रमित भएका छन् भने मृतकको संख्या दुई लाख ७० हजार नाघेको छ ।
संक्रमितमध्ये झण्डै १३ लाख ४८ हजार निको भएका छन् ।

Related posts

गर्मीले प्रदेशसभा सदस्यहरु असिन पसिन भएपछि

Nepnews

पाल्पामा जन्ती बोकेको जीप दुर्घटना हुँदा ५ काे मृत्यु

Nepnews

श्रम ऐन कार्यान्वयन गर्ने सहमति भएपछि चिया मजदुर काममा फर्किए

Nepnews

मलेशियाको अस्पतालमै रोकियो परियारको शव

Nepnews

कंगोमा रेल दुर्घटना हुँदा ५० भन्दा बढीको मृत्यू

Nepnews

वाइडबडीमा रवीन्द्र अधिकारी निर्दोष थिए : प्रधानमन्त्री ओली

Nepnews