दक्षिण कोरियाको लिग आजबाट सुरु, उद्घाटन खेलमा जोनबुक मोटर्स विजयी

दुई महिनाको अन्तरालपछि पहिलो पटक फुटबलका खेल संचालन भएको छ । दक्षिण कोरियाको शीर्ष डिभिजन आजबाट सुरु भएको छ ।

जियोन्जुस्थित विश्वकप रंगशालामा भएको उद्घाटन खेलमा जोनबुक हुन्डाई मोटर्सले सुवन सामसङ ब्लूविङ्सलाई १–० ले पराजित ग¥यो ।

कोरियाको शीर्ष डिभिजन लिग फेब्रअरीदेखि सुरु हुनुपर्ने थियो । तर, कोरोना भाइरसका कारण लिग स्थगित गरिएको थियो । खाली रंगशालामा भएको खेलमा लि डोङ गुकको दोस्रो हाफको गोल निर्णायक बन्दा घरेलु टोलीले सुरुवाती तीन अंक जोडेको छ । ६० मिनेटमा चो क्यू सुङको स्थानमा मैदान प्रवेश गरेका उनले ८४औं मिनेटमा गोल गरेका थिए ।

त्यसअघि ७५औं मिनेटमा टेरी एन्टोनिसले रातो कार्ड पाउँदा सुवोन ब्लूविङ्स १० खेलाडीमा सिमित भएको थियो ।

के लिगका सुरुवाती चरणका खेलहरु खाली रंगशालाम खेलाइनेछ । कोरोना भाइरसको संक्रमण कम भएपछि दर्शकलाई अनुमति दिइनेछ । के लिगका खेलहरु ३६ देशका प्रशारणकर्तालाई प्रशारण गर्न अनुमति दिइएको छ ।

खेलाडीलाई मैदान प्रवेश अघि परीक्षण गरिएको थियो । यस्तै प्रशिक्षक र बेन्चमा बस्ने खेलाडीलाई मास्क अनिवार्य गरिएको छ ।

Related posts

सन्दिप लामिछानेले ट्वीट गरेको तीन घण्टाभित्र दियो भीसा

Nepnews

क्रिकेट विश्वकप आजदेखि, उद्घाटन खेलमा इंग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

Nepnews

हारबाट मुस्किलले जोगियो बार्सिलोना, अन्तिम समयमा मेस्सीले गरे गोल

Nepnews

महिला भलिबल टिमलाई सरकारले जनही तीन लाख पुरस्कार दिने

Nepnews

गौतम गम्भीर बने विधायक

Nepnews

नेपाल क्रिकेट संघको केन्द्रिय निर्वाचन असोज १० र ११ गते

Nepnews