बाँकेमा कोरोना संक्रमितको संख्या २४ पुग्यो, नेपालभर १०२ जनामामा संक्रमण

नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालगञ्जमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ । नेपालभर १ सय २ जना संक्रमित भएका छन ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले भेरी प्रादेशिक अस्पतालको ल्याबमा परीक्षण गर्दा १६ वर्षीय युवकमा संक्रमण पोजेटिभ देखिएको जानकारी दिनुभयो ।

उहाँले पहिले देखिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा थप संक्रमित फेला परेको जानकारी दिनुभयो । नेपालगञ्जमा भेटिएका संक्रमितलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा राखिएको छ।
नेपालमा १५ हजार ६ सय २४ जना देशका विभिन्न स्थानमा क्वारन्टिनमा छन् । १ सय ३५ जना आइसोलेसनमा छन्। उपत्यकामा तीन जना आइसोलेसनमा छन्।

आजै कोसी अस्पतालतमा उपचाररत ८ जना कोरोना संक्रमितको डिस्चार्ज भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित भएर डिस्चार्ज हुनेको संख्या ३० पुगेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।

Related posts

एसियन कप छनोटको अन्तिम खेलमा आज नेपाल ओमनसँग खेल्दै

Nepnews

चितवन राहिनोज पोखरा प्रिमियर लिगको फाइनलमा

Nepnews

फुटबल जितेपछि आयोजक राष्ट्र रुसमा खुसियाली

Nepnews

जर्मनी र नेदरल्याण्ड्स युरो कपमा छनोट

Nepnews

युईएफए च्याम्पियन्स लिगको ड्र सार्वजनिक

Nepnews

कोपा डेल रेमा न बार्सिलोना, न रियल मड्रिड !

Nepnews