यसै महिनादेखि जर्मनीमा फुटबल सुरु हुँदै

जर्मन बुण्डेस लीगा फूटबल यहि मे महिनादेखि पुनः शुरु हुने भएको छ ।

कोरोना भाइरसको महामारीका कारण स्थगित जर्मन बुण्डेस लिगाको यस सिजनका बाँकी खेलहरु यहि महिना पुनः शुरु हुने भएका हुन् । जर्मन चान्सलर एन्जेला मर्केलले खेल मे भित्रै शुरु हुने पुष्टि गरेकी हुन् । सरकारी अनुमति पाएसँगै जर्मन फुटबल लीगले मिति घोषणा गर्ने बताइएको छ । तर, सबै खेल बन्द रंगशालमा दर्शक बिना खेलाइने छ । लीगका ९ खेल बाँकी हुँदा वायर्न म्युनिख शीर्ष स्थानमा रहेको छ ।

वायर्नले ५५ अंक जोड्दा दोस्रो स्थानको बोरुसिया डर्टमण्ड ५१ अंकसहित दोस्रो स्थानमा रहेको छ । यससँगै कोरोनाले स्थगित लीग सुचारु हुने बुन्डेस लिगा पहिलो लीग समेत हुने भएको छ । कोरोनाको कारण जर्मनीमा ७ हजार बढीको मृत्यु भइसकेको छ ।

Related posts

क्रिकेट विश्वकप आजदेखि, उद्घाटन खेलमा इंग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

Nepnews

विश्वकपमा वेष्ट इण्डिजको सान्त्वना जित, अफगानिस्तान जित बिहीन

Nepnews

सिरिएमा इन्टरमिलाना बराबरीमा रोकियो

Nepnews

घरेलु मैदानमा म्यान्चेष्टर सिटीसँग न्यूक्यासल अंक खोस्न सफल

Nepnews

पीपीएल: चितवन प्लेअफ नजिक, पाेखरा पल्टन बहिर्गमनकाे संघारमा

Nepnews

१३औं दक्षिण एसियाली खेलकुद, नेपालको ऐतिहासक खेल महोत्सव

Nepnews