पीएसजी फ्रेन्च लिगको च्याम्पियन घोषित

पेरिस सेन्ट जर्मेइनलाई फ्रेन्च लिगको च्याम्पियन घोषणा गरिएको छ । कोरोना भाइरसका कारण फ्रान्सका दुई वटा शीर्ष डिभिजन रद्द भएपछि १२ अंकको अग्रता लिएको पीएसजीलाई च्याम्पियन बनाइएको हो ।

पीएसजीले शीर्ष १० क्लबभन्दा एक खेल कम खेलेको थियो । तीन दिनअघि फ्रान्स सरकारले सबै खेलकुद गतिविधि रद्द गर्ने निर्णय गरेको थियो ।

पीएसजीले यो उपाधि सबै स्वास्थ्यकर्मी र कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा लड्नेहरु प्रति समर्पित गरेको छ । पीएसजीका प्रमुख नासेर अल खेलाइफीले फ्रान्स सरकारको यो कदमको स्वागत पनि गरेका छन् । विज्ञप्ति जारी गर्दै उनले मानिसको स्वास्थ्य पहिलो प्राथमिकता भएको बताए । एमिन्स र टोउलो शीर्ष डिभिजनबाट रेलिगेट भएका छन् ।

लोरियन्टलाई दोस्रो डिभिजनको च्याम्पियन घोषणा गरिएको छ । लोरियन्टसँगै दोस्रो स्थानमा रहेको लेन्सलाई शीर्ष डिभिजनमा बढुवा गरिएको छ ।

Related posts

साफ यू–१८ च्याम्पियनसिपबाट बाहिरिएसँगै प्रशिक्षकले दिए राजिनामा

Nepnews

ए डिभिजन लिगः सरस्वतीलाई हराउँदै आर्मी शीर्ष स्थानमा

Nepnews

मेस्सीले गोल गर्दा ब्राजिलविरुद्ध अर्जेन्टिनाको जित

Nepnews

साफ यू-१८ च्याम्पियनसिपको उपाधिका लागि भारत र बंगलादेश भिड्ने

Nepnews

च्याम्पियन्स लिग: सेमिफाइनलको पहिलो लेगमा आयाक्स विजयी

Nepnews

मेस्सी तीन महिना प्रतिबन्धित

Nepnews