बलिउड अभिनेता ऋषि कपुरको निधन

भारतीय अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा निधन भएको छ ।

क्यान्सरबाट पीडित कपुरलाई मंगलबार स्वासप्रश्वासमा समस्या भएपछि मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनको आज विहान निधन भएको उनका दाइ रणधीर कपुरलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ ।

अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । तर त्यसबीचमा पनि स्वास्थ्यमा समस्या भएपछि गएको फेब्रुअरी महिनामा पनि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो । सन् १९७३ मा बालकलाकारको रुपमा चलचित्र करियर सुरु गरेका कपुरले कुनै समय भारतीय सिने जगतमा रोम्यान्टिक नायककारुपमा एकछत्र राज गरेका थिए । उनले अन्तिम पटक अभिनेता इमरान हस्मिसँग चलचित्रमा अभिनय गरेका थिए भने उनका केही चलचित्र भने रिलिज हुने क्रममै थिए ।

सन् १९७३ मा बबी नामक चलचित्रबाट मुख्य भूमिकामा डेब्यू गरेका ऋषि कपुरले तीन वर्षअघि मेरा नाम जोकरमा पनि बाल कलाकारका रुपमा अभिनय गरेका थिए ।

यो सँगै भारतीय चलचित्र उद्योगले दुई दिनमा दुई अब्बल कलाकारलाई गुमाएको छ । यसअघि बुधवार मात्र क्यान्सर रोगसँग लडिरहेका अभिनेता इरफान खानको निधन भएको थियो ।

Related posts

छवी ओझा र शिल्पा पोखरेल दुबैलाई पक्राउ गर्ने आदेश

Nepnews

याे वर्षको आईफा अवार्ड काठमाडौंमा

Nepnews

नायिका शिल्पा पोख्रेल र छवी ओझावीच कुरा मिल्यो

Nepnews

मिस वर्ल्ड मल्टिमिडियाको अवार्ड अनुष्का श्रेष्ठले जितिन्

Nepnews

भ्वाइस अफ नेपाल सिजन–२ को उपाधि राम लिम्बुलाई

Nepnews

बच्चन बाउ–छोरालाई कोरोना संक्रमण

Nepnews