रहेनन् बलिउड अभिनेता इरफान खान

बलिउड अभिनेता इरफान खानको निधन भएको छ।

५४ वर्षीय खानको आज बिहान मुम्बईको कोकिला वेन अस्पतालमा उपचारका क्रममा निधन भएको हो। स्वास्थ्यमा गम्भिर समस्या भएपछि उनी हिजो मात्रै अस्पताल भर्ना भएका थिए । उनले दुई वर्षयता क्यान्सरको उपचार गराइरहेका थिए । खानलाई न्युरो इन्डोक्राइन ट्युमर भएको थियो। यसअघि बेलायतमा न्युरो इन्डोक्राइन ट्युमरको उपचार पश्चात उनी निको भएको बताइएको थियो ।

उपचार पश्चात उनी गत वर्षको सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । उनको निधन बारे बलिउड निर्देशक सुजित सरकारले ट्वीट गरेका छन् । जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खानको अन्तिम चलचित्र सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो । गत शनिबार मात्रै उनकी आमाको निधन भएको थियो।

Related posts

एनएमबी बैंक र ओम डेभलपमेन्ट बैंकवीच मर्जर सम्झौता

Nepnews

लकडाउन नमान्ने ६८ जना प्रहरीको नियन्त्रणमा

Nepnews

कोरोना अपडेटः थप ७२ जनामा संक्रमण, संक्रमितको संख्या ६७५ पुग्यो

Nepnews

कोशी अञ्चल अस्पताल सुधारमा महानगरपालिकाको सक्रियता

Nepnews

सामाजिक सुरक्षा बजेट: बृद्ध भत्ता एक हजार बढ्यो

Nepnews

मेरो कार्यकाल खुला किताबजस्तो छः राष्ट्रपति भण्डारी

nepnews