टोटनह्याम प्रिमियर लिगको मोस्ट भ्याल्यूएबल क्लब

टोटनह्याम इंग्लिस प्रिमियर लिगको मोस्ट भ्याल्यूएबल क्लब घोषित भएको छ ।

एउटा विश्वविद्यालयको गहन अध्ययनपछि टोटनह्यामलाई यो अवार्ड दिइएको हो । लिभरपुल म्यानेजमेन्ट विश्वविद्यालयले प्रिमियर लिगका २० क्लबमा अध्ययन गरेको थियो । गत सिजन च्याम्पियन्स लिगको फाइनलमा पुगेको टोटनह्यामले प्रिमियर लिगको जायन्ट म्यान्चेष्टर सिटी र लिभरपुललाई पछि पारेको छ ।

टोटनह्यामको ‘मोनिटरी भ्याल्यू’ का आधारमा यो घोषणा गरिएको छ । जसअनुशार टोटनह्यामको कुल मूल्य २६ अर्व पाउण्ड रहेको छ । दोस्रो स्थानमा म्यान्चेष्टर सिटी छ । उसको कुल मूल्य २२ अर्व पाउण्ड छ भने म्यान्चेष्टर युनाइटेडको २१ अर्व, लिभरपुलको १६ अर्व, आर्सनलको १४ अर्व र चेल्सीको १२ अर्व मूल्य रहेको छ । सन् २०१८ को अध्ययन अनुशा म्यान्चेष्र सिटी शीर्ष स्थानमा थियो ।

च्याम्पियन्स लिगमा फाइनलमा पुगेको, प्रिमियर लिगमा शीर्ष चारमा रहन सफल र खेलाडी किनबेचमा मितब्ययी भएका कारण टोटनह्याम अगाडी आएको अध्ययनकर्ता किरन मागुइरेले बताए ।

Related posts

सन्दिप म्यान अफ द म्याच हुँदा बारबाडोसलाई पहिलो जित

Nepnews

विश्वकप छनोटः जोर्डनद्वारा चाइनिज ताइपेई पराजित, माल्दिभ्स, उत्तर कोरिया र मंगोलिया पनि विजयी

Nepnews

मनाङ मस्र्याङ्दी लिगको तेस्रो स्थानमा, च्यासल पनि विजयी

Nepnews

विम्बल्डनको उपाधिका लागि फेडेरर र जोकोभिच भिड्ने

Nepnews

युरोपा लिगः इरिक्सन र लुकाकुले गोल गर्दा इन्टरमिलानको सहज जित

Nepnews

बार्सिलाेना हुयस्कासँग बराबरीमा राेकियाे

Nepnews