अर्को सिजनको तयारी गर्न फिफाका चिकित्सकको सुझाव

अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफाका मेडिकल कमिटीका प्रमुख चिकित्सकले फुटबल क्लबहरुलाई अर्को सिजनको तयारी गर्न सुझाव दिएका छन् ।

प्रमुख चिकित्सक मिचेलडि हुगेले स्थगित भएको लिगलाई संचालन गर्नुभन्दा अर्को सिजनका लागि राम्रो तयारी गर्ने विकल्प उत्तम रहेको प्रतिक्रिया दिए ।

यही सिजन सकाउने की रद्द गर्ने निर्णयका लागि युरोपेली फुटबल महासंघ अन्तर्गतका क्लबहरुलाई मे २५ सम्मको समय दिइएको छ । यो समयभित्र लिगहरुले ठोस निर्णय युरोपेली फुटबल महासंघलाई बुझाउनु पर्नेछ ।

डा हुगेले सामाजिक दूरीकाबीच यो सिजन संचालन गर्नु कठीन रहेको बताएका छन् । प्रत्यक्ष सम्पर्कविना फुटबल संचालनको सम्बन्धमा उनले प्रश्न समेत उठाएका छन् । युरोपका केही लिगहरु रद्द गर्ने निर्णय भइसकेको छ ।

हिजोमात्र फ्रान्सका दुई वटा शीर्ष डिभिजन रद्द गर्ने निर्णय गरिएको थियो भने डच लिगले यस्तो निर्णय दुई साताअघि नै लिइसकेको छ । बेल्जियमका क्लबहरुले पनि अर्को साताभित्र यो निर्णयमा सहमति जनाउने बताइएको छ ।

इंग्ल्याण्डमा भने पुनः संचालनको तयारी भइरहेको छ । केही इंग्लिस क्लबहरुले अन्तरिक तयारी सुरु गरिसकेका छन् ।

Related posts

लिभरपुललाई पाँच अंकको अग्रता

Nepnews

इंग्लिस प्रिमियर लिगमा टोटनह्याम न्यूक्यासलसँग स्तब्ध, उल्भरह्याम्टनको लगातार तेस्रो बराबरी

Nepnews

आईपीएलमा दिल्ली हैदराबादसँग पराजित, सन्दिप लामिछानेले लिए एक विकेट

Nepnews

अर्जेन्टिना उरुग्वेलाई बराबरीमा रोक्न सफल

Nepnews

प्रदेशस्तरीय प्रथम सगरमाथा कप भलिबल फाइनल आज

Nepnews

भारतलाई हराउँदै पाकिस्तानले जित्यो एसियाली ह्वील चेयर क्रिकेटको उपाधि

Nepnews