मलेसिया र खाडीमा ८९ नेपाली श्रमिकमा कोरोना संक्रमण, ६ जना निको भएर फर्किए

कोरोना भाइरसको कारण अहिले विश्वजगत नै त्रसित छ । दिन प्रतिदिन संक्रमित र मृत्यू हुनेको संख्या बढ्दै गएको छ । नेपालमा अहिलेसम्म ४२ जना संक्रमित भेटिएका छन् । जसमध्ये पाँच जना निको भएर फकिएका छन् ।

नेपालमा संक्रमितमध्ये धेरैजना भारतीय मुलका नागरिक छन् । नेपालबाट बैदेशिक रोजगारीमा लाखौं मानिसहरु गएका छन् । ती देशहरुमा पनि कोरोनाको डरलाग्दो संक्रमण छ ।

खाडी देश र मलेसियामा ८९ जना नेपालीमा संक्रमण देखिएको छ । जसमध्ये ६ जना निको भइसकेका छन् भने ८३ जना उपचाररत छन् ।

सबैभन्दा धेरै संक्रमण बहराइनमा देखिएको छ । त्यहाँ ४९ जना नेपाली संक्रमित छन् । बहराइनमा कुल १,९७३ जनामा संक्रमण देखिएकोमा सात सय ७४ जना निको भएर फर्किएका छन् । सात जना भने निको भएर फकिएका छन् ।

यस्तै कुवेतमा २४, युएईमा ११ जना, साउदी अरेवियामा ४ जना र मलेसियामा एक जना नेपाली श्रमिकलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । मलेसियामा रहेका नेपाली निको भएर फर्किसकेका छन् भने साउदीमा तीन र युएईमा दुई जना स्वास्थ्य लाभ गरेर फकिएसकेका छन् । युएईमा भने एक नेपालीको मृत्यू भएको चार दिनपछि अस्पतालले कोरोना संक्रमण पुष्टि गरेको त्यहाँको राजदुतावासले जनाएको छ ।

खाडी देशमा सङ्क्रमण बढ्न थालेपछि अहिले त्यहाँको सरकारले पनि सुरक्षा सतर्कता बढाएको छ ।

विश्वका दुई सय १० देशका २५ लाख ५७ हजार १८१ जनामा सङ्क्रमण फैलिसकेको छ । एक लाख ७७ हजार ६४१ जनाको ज्यान गएको छ भने ६ लाख ९० हजार ४४४ जना निको भएका छन् ।

Related posts

कथुवा बतात्कार प्रकरणः आठमध्ये ६ जना दोषि ठहर

Nepnews

अत्यावस्यकबाहेक अन्य सेवा बन्द गर्न ठूला अस्पताललाई सरकारको निर्देशन

Nepnews

प्रि मनसुनी वर्षा : केही दिनभित्रै मनसुन भित्रने

Nepnews

सुदूरपश्चिममा कोरोनामुक्त भएकै हो ?

Nepnews

बंगलादेश नेशनल पार्टीका नौ जना नेतालाई आजिवन काराबास

Nepnews

आईएसआईएस प्रमुख बग्दादी मारिएको भिडियो फुटेज सार्वजनिक

Nepnews