एप्पल र गुगलले कोरोना भाइरसको जाँच गर्ने एप बनाउँदै

सुचना प्रविधिमा विश्वकै अग्रणी दुई कम्पनी एप्पल र गुगलले कोरोना परिक्षणको प्रविधि पारिरहेका छन् ।

यो प्रविधिले कोरोना भाइरसको संक्रमण भए नभएको जानकारी दिनेछ । एक एपमार्फत प्रयोगकर्ताले दोस्रो ब्यक्तिमा कोरोना भाइरसको संक्रमण भए नभएको जानकारी पाउनेछन् ।

एपले प्रयोगकर्ता कतिजनासँग भेट्यो र ती ब्यक्तिमा कोरोना भाइरसको संक्रमण छ की छैन भनेर पनि जानकारी दिनेछ ।

यो प्रविधिले ब्लुटुथ सिग्नल मार्फत काम गर्नेछ । कन्ट्याक ट्रेसिङबाट यो एपले नयाँ संक्रमणका बारेमा प्रयोगकर्तालाई जानकारी दिनेछ । यसमा बयक्तिक विवरण र जीपीएस लोकेसन भने रेकर्ड हुनेछैन ।

संयुक्त विज्ञप्ति जारी गर्दै एप्पल र गुगलले प्रयोगकर्ताको गोपनियताको सम्मान गर्ने जनाएको छ ।

सिंगापुर इजरायल, दक्षिण कोरिया र पोल्याण्डले यस्तो खालको प्रविधि बनाइसकेका छन्, जसले गर्दा ती देशका संक्रमण न्यून छ ।

Related posts

कोरोना भाइरसका कारण मृत्यू हुनेको संख्या ३६ सय नाघ्यो

Nepnews

हुवावेको स्मार्ट फोनमा गुगलको फिचर नहुने

Nepnews

नेपाली स्याटेलाइटले असार २ बाट पृथ्वीको परिक्रमा गर्ने

Nepnews

विश्व स्वाथ्य संगठनले लगायो विश्वब्यापी संकटकाल

Nepnews

गर्मीमा अनुहारलार्इ कसरी बचाउने ? पुरा पढ्नुहोस्

Nepnews

थप ९ जना कोरोना मुक्त, निको हुनेको संख्या ७९ पुग्यो, संक्रमितको संख्या बढ्दो क्रममा

Nepnews