महिला टि–२० विश्वकपको उपाधि अष्ट्रेलियाले जित्यो

अष्ट्रेलियाले पाँचौं पटक महिला टि–२० विश्वकपको उपाधि जितेको छ ।

भारतलाई ८५ रनको भारी अन्तरले हराउँदै अष्ट्रेलिया च्याम्पियन बनेको हो ।

मेलबर्नमा भएको फाइनलमा अलिसा हिली र बेथ मुनीले उत्कृष्ट प्रदर्शन गर्दा अष्ट्रेलियाले उत्कृष्ट प्रदर्शन गरे । टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले २० ओभरमा चार विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि हिली र मुनीले पहिलो विकेटका लागि ११५ रनको साझेदारी गरेका थिए ।

ब्यक्तिगततर्फ हिलीले ३९ बलमा सात चौका र पाँच छक्का प्रहार गर्दै ७५ रन बनाएकी थिइन् । यस्तै मुनीले ५४ बलमा १० चौका प्रहार गर्दै अविजित ७८ रन बनाएकी थिइन् ।

कप्तान मेघ लानिङले पनि १६ रन बनाइन् ।

बलिङतर्फ भारतका दीप्ती शर्माले दुई विकेट लिइन् भने पुनम यादव र राधा यादवले एक एक विकेट लिए ।

१८५ रनको लक्ष्य पछ्याएको भारत १९.१ ओभरमा ९९ रनमा अलआउट भयो ।

भारतलाई कम स्कोरमा रोक्नका लागि मेघन स्कुटले चार विकेट लिइन् भने जेस जोनासेनले तीन विकेट हात पारिन् ।

Related posts

वाट्सनको ब्याट चल्दा चेन्नईको महत्वपूर्ण जित

Nepnews

दक्षिण एसियाली खेलकुदः जुडोमा देविकालाई स्वर्ण पदक

Nepnews

सहभागि टिमको सवालमा पछि हट्यो फिफा, कतार विश्वकपमा ३२ टिमले नै खेल्ने

Nepnews

च्याम्पियन्स लिगमा युभेन्टस र रियल मड्रिड पराजित

Nepnews

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानकाे जग्गामा डोजर चल्यो, नेकपाका कार्यकर्तालाई कारवाही

Nepnews

विश्वकप छनोट खेल्न जाने टिमको विदाई

Nepnews