त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोबोट सेवा सुरु

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि रोबोट सेवा सुरु भएको छ । विमानस्थलमा राखिएका रोबोटले यात्रुलाई अभिवादन गर्नेछन् । साथै यहाँ सेट गरिएअनुसारका सूचना टच स्क्रिनमार्फत उपलब्ध गराउनेछन् । ती रोबोटले नेपाली, अंग्रेजी र चिनियाँ भाषामा सूचना प्रवाह गर्न सक्छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलमा आयोजित एक कार्यक्रममा रोबोट सेवा शुरुवात गर्नुभयो । आजको कार्यक्रम रोबोटबाटै सञ्चालन गरिएको थियो । रोबोट सञ्चालनको उद्घाटन गर्दै मन्त्री भट्टराईले विमानस्थल प्रविधिमैत्री र आधुनिक बन्दै गएको बताउनुभयो । सेवा सुविधाका दृष्टिकोणबाट विमानस्थलको सेवा सहयोगी बनेको भन्दै यी रोबोट परीक्षणका रुपमा राखिएको मन्त्री भट्टराईको भनाई छ ।

विमानस्थलमा दुई–तीन घण्टा बिताउँदा हुने ‘मोनोटोनस’ हटाउन र विमानस्थलमा यात्रुलाई भूल्ने वातावरण बनाउन समेत प्रविधि सहयोगी हुने मन्त्री भट्टराईको दाबी छ । रोबोट जडानपछि विमानस्थलको सेवामासमेत भिन्न पहिचान थपिएको छ । प्रतिरोबोट २० लाख रुपैयाँ लागत लागेको कार्यक्रममा जानकारी दिइयो । मन्त्रालय, नेपाल भ्रमण वर्ष सचिवालय, नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणको संयुक्त प्रयासमा त्रिभुवन विमानस्थलको आगमन र प्रस्थान कक्षमा रोबोट सञ्चालनमा आएको हो ।

Related posts

ट्रम्पले बढावा दिँदै आएको औषधि घातक भएको विज्ञको भनाई

Nepnews

नवनियुक्त मन्त्रीहरुले गरे पदभार ग्रहण

Nepnews

डार्विन गोली काण्डका अभियुक्तको पहिचान खुल्यो

Nepnews

निजी अस्पताललाई बिरामीको उपचार गर्न सर्वोच्चको आदेश

Nepnews

तीन ठाउँमा पहिरो खसेपछि पहिरोले नारायणगढ मुग्लिन सडक अवरुद्ध

Nepnews

नेपालमा चार जना संक्रमित उपचारपछि घर फर्किए, २७ जना उपचार गराउँदै

Nepnews