वेष्टह्यामविरुद्ध जित निकाल्दै लिभरपुललाई १९ अंकको अग्रता

वेष्टह्याम युनाइटेडलाई २–० ले हराउँदै लिभरपुलले इंग्लिस प्रिमियर लिगमा १९ अंकको अग्रता लिएको छ । लिभरपुलको जितमा मोहमद सलाह र एलेक्स ओक्लाड च्याम्बरलिनले एक एक गोल गरे ।

३४औं मिनेटमा इस्ला डिओपले लिभरपुलका डिभोक ओरिगीलाई फल गेका कारण लिभरपुलले पेनाल्टी पायो । जुन पेनाल्टीलाई मोहम्मद सलाहले गोलमा परिणत गरे ।

५२औं मिनटमा च्याम्बरलिनले गोल गरेपछि लिभरपुलले दुई गोलको अग्रता लियो । त्यसपछि पनि मोहम्मद सलाहले गोल गर्ने राम्रो अवसर पाएका थिए । तर, उनको प्रहार पोस्टमा लागेर फर्किन पुग्यो ।

जितसँगै लिभरपुलले २४ खेलबाट ७० अंक बनाएको छ । २४ खेलमा लिभरपुलको २३औं जित हो । एउटा खेल बराबरी भएपनि लिभरपुलले पछिल्लो १५ खेल हारेको छैन ।

सन् १९९० को उपाधि जितेपछि १८ पटकको लिग च्याम्पियन लिभरपुलले उपाधि जित्न सकेको छैन । तर, यो संस्करणमा दोस्रो स्थानको म्यान्चेष्टर सिटीलाई १९ अंकले पछि पारेपछि लिभरपुलको कीर्तिमानसहितको उपाधि जित्ने अभियान करिब करिब सफल भएको छ ।

Related posts

आईपीएलको खेलतालिका सार्वजनिक (पूरा तालिकासहित)

Nepnews

रोनाल्डोको एक गोलको भरमा मोरक्कोमाथि पोर्चुगलको जित

Nepnews

म्यान्चेष्टर सिटीले च्याम्पियन्स लिग खेल्न पाउने

Nepnews

मारिया सारापोभाद्वारा सन्यासको घोषणा

Nepnews

नादेझ्दा कपको फाइनलमा नेपाली महिला टोली पराजित

Nepnews

आईसीसी विश्वकप लिग २ः पहिलो खेलमा नेपाल ओमानसँग पराजित

Nepnews