आर्मी एमएम कप क्रिकेटको फाइनलमा

बागमती प्रदेशलाई हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब सुनसरीमा जारी मनमोहन मेमोरियल एकदिवसिय राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

सुनसरीको इनरुवा क्रिकेट मैदानमा आज भएको पहिलो सेमिफाइनलमा बागमती प्रदेशलाई ६४ रनले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । २ सय १७ रनको लक्ष्य पछ्याएको बागमतीले ३८ ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ५२ रनमात्र बनायो । अब आर्मीले उपाधिका लागि नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीचको विजेताको समाना गर्नेछ । पुलिस र सुदूरपश्चिमबीचको दोस्रो सेमिफाइनल भोली हुनेछ ।

Related posts

ए डिभिजन लिगः मनाङकाे विजयी सुरूवात, श्रीस्टार बराबरीमा राेकियाे

Nepnews

मेलबर्नको जितमा सन्दिप लामिछानेको एक विकेट

Nepnews

सावित्रा भण्डारीले ह्याट्रिक गर्दा नेपाल साग महिला फुटबलको फाइनलमा

Nepnews

जोकोभिच, बार्टी र विलियम्स अष्ट्रेलियन ओपनको तेस्रो चरणमा

Nepnews

न्यूजिल्याण्ड फेरी सुपर ओभरमा पराजित

Nepnews

टि–२० विश्वकप छनोटको पहिलो खेलमा नेपाल कतारसँग पराजित 

Nepnews