फेडेररलाई हराउँदै सिट्सिपास एटिपी फाइनलमा, उपाधिका लागि डोमिनिक थिमसँग प्रतिष्पर्धा गर्ने

वर्षको अन्तिम टेनिस प्रतियोगिता एटिपी फाइनल्सको उपाधिका लागि स्टेफानोस सिट्सिपास र डोमिनिक थिम प्रतिष्पर्धा गर्ने भएका छन् ।

६ पटकका च्याम्पियन रोजर फेडेररलाई २–० को सोझो सेटमा हराउँदै ग्रिक खेलाडी सिट्सिपासले फाइनलको यात्रा तय गरेका हुन् ।

कीर्तिमानी सातौं उपाधि जित्ने लक्ष्यमा रहेका फेडेररलाई २१ वर्षे सिट्सिपासले ६–३ र ६–४ को सहज सोझो सेटमा पाखा लगाए ।

उनले उपाधिका लागि अष्ट्रियाका डोमिनिक थिमसँग प्रतिष्पर्धा गर्नेछन् । थिमले ओटू एरेनामा भएको खेलमा डिफेन्डिङ च्याम्पियन अलेक्सान्दर भेरेभलाई २–० को सेटमा हराए ।

पहिलो सेट ७–५ ले जितेका थिमले दोस्रो सेटमा ६–३ विजयी भए ।

दुबै खेलाडीका लागि एटिपी फाइनल्स करियरकै सबैभन्दा ठूलो उपाधि हुनेछ ।

Related posts

मेस्सीको करियरः पहिलो देखि सात सय गोलसम्मको यात्रा

Nepnews

दक्षिण अफ्रिका बंगलादेशसँग स्तब्ध

Nepnews

आठौं राष्ट्रिय खेलकुद सम्पन्न, कसले कति पदक जित्यो ?

Nepnews

म्यान्चेष्ट युनाइटेड पाँचौं स्थानमा

Nepnews

वेष्टह्यामविरुद्ध जित निकाल्दै लिभरपुललाई १९ अंकको अग्रता

Nepnews

रियल मड्रिड सेल्टासँग बराबरीमा रोकियो

Nepnews