साफ यू–१८ च्याम्पियनसिपबाट बाहिरिएसँगै प्रशिक्षकले दिए राजिनामा

दुई संस्करणको विजेता नेपाल तेस्रो साफ यू–१८ च्याम्पियसिपको समूह चरणबाटै बाहिरिएको छ । समूह चरणको अन्तिम खेलमा भुटान र माल्दिभ्सले गोलरहित बराबरीमा अंक बाँढेपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना सकिएको हो ।

नेपाल पहिलो खेलमा माल्दिभ्ससँग बराबरी र दोस्रोमा भुटानसँग ३–० ले पराजित भएको थियो । माल्दिभ्सविरुद्ध भुटानले कम्तिमा तीन गोलको जित निकालेको भए नेपाल सेमिफाइनलमा पुग्नेथियो ।

भुटान समूहको विजेता र माल्दिभ्स उपविजेता बन्दै सेमिफाइनलमा पुगेका छन् ।

प्रतियोगिताबाट बाहिरिएसँगै नेपाली टिमका प्रशिक्षक चेतनारायण श्रेष्ठले राजिनामाको घोषणा गरेका छन ।

Related posts

च्याम्पियन्स लिगको पहिलो लेगमा लिभरपुल एट्लेटिको मड्रिडसँग पराजित

Nepnews

फिफा अवार्डको मनोनयन सार्वजनिक

Nepnews

ला लिगाकाे अन्तिम खेलमरियल मड्रिड पराजित

Nepnews

जापानद्वारा कोलम्बिया पराजित

Nepnews

विश्वकपमा डेविड वार्नरको कीर्तिमानी प्रदर्शन

Nepnews

कोपा अमेरिकाको सेमिफाइनल समिकरण पूरा

Nepnews