विम्बल्डनको उपाधिका लागि फेडेरर र जोकोभिच भिड्ने

वर्षको तेस्रो ग्राण्डस्लाम विम्बल्डनको उपाधिका लागि रोजर फेडेरर र राफेल नाडल भिड्ने भएका छन् । चीरप्रतिद्वन्द्वी राफेल नाडललाई ३–१ को सेटमा हराउँदै फेडेरर नवौं विम्बल्डन उपाधि नजिक पुगेका हुन् ।

दोस्रो वरियताका स्वीस खेलाडी फेडेररले नाडललाई ७–६, १–६, ६–३ र ६–४ ले हराए । ३५ वर्षे फेडेररले आठौं वटक विम्बल्डनको उपाधि जितिसकेका छन् । यो संस्करणको फाइनलमा सर्वियन खेलाडी नोभाक जोकोभिचलाई हराएमा फेडेररले २१औं ग्राण्डस्लाम उपाधि पनि हात पार्नेछन् ।

डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिचले स्पेनका रोबर्टो बाउटिस्टा अग्टलाई ३–१ को सेटमा हराउँदै जोकोभिच उपाधि नजिक पुगे ।

२५औं ग्राण्डस्लाम फाइनल पुग्नका लागि जोकोभिचले उत्कृष्ट प्रदर्शन गरे । पहिलो सेटमा ६–२ को जित निकालेका जोकोभिचले दोस्रो सेट भने ४–६ ले गुमाए । तेस्रो सेटमा ६–३ को जित हात पारेका शीर्ष वरियताका सर्वियन खेलाडी जोकोभिचले चौथो सेटमा ६–२ को सहज जित निकाले ।

Related posts

नादेझ्दा कपको दोस्रो खेलमा नेपाल पराजित

Nepnews

चाइनिज ताइपेईविरुद्ध नेपालको ऐतिहासिक जित

Nepnews

म्यान्चेष्टर सिटी दुई सिजन युरोपेली प्रतिबन्धमा

Nepnews

ला लिगामा बार्सिलोना शीर्ष स्थानमा यथावत

Nepnews

शकिव अल हसनले शतक हान्दा बंगलादेशले भेटायो ३२२ रनको लक्ष्य

Nepnews

डेविड वार्नर र जोनी बेइर्स्टाे आक्रामक ब्याटिङ गरेपछि हैदराबादद्वारा कोलकाता पराजित

Nepnews