विश्वकपमा वेष्ट इण्डिजको सान्त्वना जित, अफगानिस्तान जित बिहीन

लिग चरणको अन्तिम खेलमा वेष्ट इण्डिजसँग २३ रनले पराजित हुँदै अफगानीस्तान एकदिवशीय विश्वकप क्रिकेटमा जितबिहीन हुँदै घर फर्किएको छ ।

१० टोली सम्मिलित विश्वकपको राउण्ड रोविन लिग चरणमा ९ खेल खेल्दा अफगानिस्तानले एउटा पनि जित निकाल्न सकेन । वेष्ट इण्डिजबिरुद्ध ३१२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले अन्तिम बलमा अलआउट हुनुअघि २८८ रनमात्र जोड्न सक्यो । सुरुवात राम्रो गर्न नसके पनि उसका मध्य क्रमका इक्रम अलिखिल र रहमत साहले अर्धशतकीय पारी खेलेपछि सहज अवस्थामा पुगिसकेको थियो ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ओभरमा ६ विकेट गुमाएर ३११ रनको योगफल खडा गरेको थियो ।
प्रतियोगितामा आज पाकिस्तान र बंगलादेश भिड्ने छन् । यी दुई टिमबीचको नतिजाले सेमिफाइनल पुग्ने सबै टोलीको टुंगो लाग्ने छ । आयोजक ईग्ल्याण्ड, साविक विजेता अस्ट्रेलिया र भारत सेमिफाइनल प्रवेश गरिसकेका छन् । अन्तिम चारमा पुग्न पाकिस्तानलाई जितले मात्र पुग्ने छैन, नेट रनरेटमा समेत माथि आउनुपर्नेछ । जितले पाकिस्तान र न्युजिल्याण्डको समान अंक हुने भएकाले पाकिस्तानलाई फराकिलो जित आवश्यक छ ।

Related posts

साग म्याराथनको स्वर्ण नेपालका किरणसिंह बोगटीले जिते

Nepnews

एमसीसीविरुद्धको फर्स्ट क्लास क्रिकेटमा नेपाल पराजित, सोमपाल कामीले बनाए अर्धशतक

Nepnews

एभीसी सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगिताको तयारी पूरा

Nepnews

नादेझ्दा कपमा नेपालको शानदार सुरुवात, सावित्रा भण्डारीले गरिन् चार गोल

Nepnews

प्यालेसलाई हराउँदै लिभरपुल उपाधि नजिक

Nepnews

अस्ट्रेलियाविरुद्धको एक दिवशीय सिरिजमा भारतको जित

Nepnews