क्रिकेट विश्वकप आजदेखि, उद्घाटन खेलमा इंग्ल्याण्ड र दक्षिण अफ्रिका भिड्दै

एक दिवशीय क्रिकेटको मेगा इभेन्ट आईसीसी विश्वकप बिहीबारदेखि इंग्ल्याण्ड र वेल्समा शुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्ड दक्षिण अफ्रिकासँग खेल्दैछ । विश्वकपको उद्घाटन ओभल मैदानमा हुनेछ ।

पहिलो म्याचमा डेल स्टेन मैदानमा उत्रिन सक्छन् वा सक्दैनन् अझ यकिन हुन सकेका छैनन् । उनी पूर्ण रुपमा फिट छैनन् । डेल स्टेन अनुपस्थित भएमा प्रशिक्षक ओटिस गिब्सनले क्रिश मोरिया वा ड्वाइने प्रिटोरियसलाई स्थान दिनेछन् । लुंगी एनगिदी र कागिसो रबाडाको उपस्थिती भने निश्चित हुनेछ ।

इंग्ल्याण्डका लागि ज्यासन रोय र जोनी बेइस्र्टोको विस्फोटक ब्याटिङ भने शुरुमै देख्न सकिनेछ । यसअघिको संस्करणमा समूह चरणबाटै बाहिरिएको इंग्ल्याण्ड कप्तान इयोन मोर्गानको नेतृत्वका कारण उच्च मनोबलका साथ उत्रिनेछ । फाफ डू प्लेसीको कप्तानीले दक्षिण अफ्रिका पनि उस्तै मनोबलका साथ ओभल मैदानमा उत्रिनेछ ।

Related posts

स्वीजरल्यान्डसँग बराबरीमा रोकियो ब्राजिल

Nepnews

पिएसजीले जित्यो फ्रेन्च ‘लिग वान’को उपाधि

Nepnews

इंग्लिस प्रिमियर लिगमा टोटनह्याम न्यूक्यासलसँग स्तब्ध, उल्भरह्याम्टनको लगातार तेस्रो बराबरी

Nepnews

ला लिगा आजदेखि सुरु, सेभिया र रियल बेटिस प्रतिष्पर्धा गर्दै

Nepnews

पोखरा रंगशाला निर्माणको काम अन्तिम चरणमा

Nepnews

प्रधानमन्त्री कप एक दिवशीय क्रिकेटको उपाधिका लागि पुलिस र आर्मी भिड्ने

Nepnews