मनाङ मर्स्याङ्दी एएफसी कपको दोस्रो चरणमा पुग्न असफल

नेपालको लिग च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबको एएफसी कपको दोस्रो चरण पुग्ने सम्भावना सकिएको छ ।  मिनर्भा पञ्जाव विरुद्धको होम म्याचमा आज एक–एक गोलको बराबरी खेलेसँगै मनाङको दोस्रो चरणमा पुग्ने सम्भावना सकिएको हो ।

मनाङले मिनर्भाको घरेलु मैदानमा भएको खेलमा पनि एक-एकको बराबरी खेलेको थियो । सातदोबाटो स्थित एन्फा मैदानमा आज मनाङले मिनर्भाको एक गोलको अग्रता उल्ट्याउँदै बराबरी गर्‍यो । ३९औं मिनेटमा थोइवा सिंहले मिनर्भाका लागि गोल गरेका थिए । एक गोलको अग्रता बनाएको मिनर्भाका प्रतिक जोशी पहिलो हाफको अन्तिममा दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि १० खेलाडीमा समीत भयो ।

र, ८०औं मिनेटमा मनाङका अजिजले गोल गर्दै खेल बराबरीमा पुर्‍याए । यो बराबरीले मनाङको चार खेलबाट दुई अंक छ भने मिनर्भाले चार अंक बनाएको छ । समूहको शीर्षस्थानमा रहेको चेन्नाइन एफसीको ७ अंक छ, उसले तीन खेल खेल्न बाँकी छ भने मनाङले अब दुई खेल खेल्न बाँकी छ ।

Related posts

युरोपा लिगको उपाधिका लागि चेल्सी र आर्सनल भिड्ने

Nepnews

विश्वकपमा भारतको दमदार इन्ट्री: रोहित शर्माको शतक, दक्षिण अफ्रिका ६ विकेटले पराजित

Nepnews

विश्वकपमा वेष्ट इण्डिजको सान्त्वना जित, अफगानिस्तान जित बिहीन

Nepnews

राफेल नाडल युएस ओपनको क्वार्टर फाइनलमा

Nepnews

रोनाल्डोको समेत पेनाल्टी रोक्ने इरानी किपरबारे कसैलाई थाहा नभएको तथ्य, को हुन अलिरेजा ?

Nepnews

फुटबल खेलहरु नेपाल टेलिभिजनले प्रशारण गर्ने

Nepnews