एक वर्षमा सात सयको विदेशमै मृत्यु,कतार,मलेसिया र साउदी अरेबियामा कार्यरत अधिकांश नेपाली मुटुरोगी

काठमाडौं, १६ चैत । हाल विभिन्न प्रयोजनका लागि ३० लाखभन्दा बढी नेपाली नागरिक विदेशमा रहेका छन् । देशिक रोजगार प्रवद्र्धन बोर्डको तथ्यांकअनुसार वार्षिक पाँच लाख नेपाली विदेशमा जाने गरेका छन् ।तर, विदेशमा रोजगारीका लागि जानेमध्ये वार्षिक सात सयभन्दा बढीको विभिन्न कारणले मृत्यु हुने गरेको छ । विदेशमा मृत्यु भएका नेपाली कामदारमध्ये अधिकांशको मुटुसम्बन्धी कारण रहेको विभिन्न आंकडामा देखिएको अधिकारीहरूले बताएका छन् ।गत आर्थिक वर्ष १२८ जनाको यस खाले समस्याका कारण मृत्यु भएको वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले जनाएको छ । गत आर्थिक वर्ष पाँच लाखभन्दा बढी नेपाली मलेसिया र तथा खाडी मुलुकका विभिन्न देशमा रोजगारीका लागि गएको सरकारी तथ्यांकले देखाउँछ । तीमध्ये करिब सात सयजनाको विदेशमै रहँदा विभिन्न कारणले मृत्यु भएको जनाइएको छ ।तीमध्ये हृदयघात र मुटुले अकस्मात काम गर्न छाड्ने ‘सडन कार्डियाक अरेस्ट’ का कारण १२८ जनाको मृत्यु भएको बोर्डले जनाएको छ । नेपालको भन्दा भिन्न हावापानी, कामको दबाब, बसोबासको बन्दोबस्त त्यति राम्रो नभएको, परिवारबाट टाढा बस्दाको तनाव र थोरै पैसामा गुजारा चलाउनुपर्ने जस्ता कारण नै प्रमुख रुपमा जिम्मेवार देखिन्छ ।

मलेसिया, कतार र साउदी अरेबियामा कार्यरत धेरै नेपालीको मुटुसम्बन्धी समस्याका कारण मृत्यु हुने गरेको देखिएको छ । स्वास्थ्य परीक्षण गरेर गएका नेपालीको यसरी मृत्यु हुनु आश्चर्यको विषय भएको कतिपय विज्ञ बताउँछन् ।सम्बन्धित देशसँग श्रम सम्झौता गर्दा त्यहाँ नेपाली कामदारको मृत्यु भए ‘पोस्टमोर्टम’ गर्ने व्यवस्था उल्लेख गरे मृत्यु हुनुको सही कारण पत्ता लाग्न सक्ने देखिए पनि अहिलेसम्म त्यस्तो भएको पाइन्न । जहाजमा शव ल्याउन स्वास्थ्य परीक्षणको रिपोर्ट चाहिने भएकाले परीक्षण नै नगरी चिकित्सकले मृत्युको कारण सडन कार्डियाक अरेस्ट भएको लेखिदिएको भेटिएको छ ।वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले विवरण राख्न थालेको झन्डै १० वर्षमा सबैभन्दा धेरै नेपाली कामदारको मृत्यु २०७१–०७२ सालमा भएको देखिन्छ । उक्त वर्ष करिब एक हजार नेपाली कामदारको शव विदेशबाट आएको थियो ।

Related posts

आज र भोली भिटामिन ए खुवाइँदै

Nepnews

सानु उमेरमै आमा बन्नेहरूको संख्या बढ्दै

Nepnews

झापाको दमकमा औद्यागिक पार्क निर्माण हुने

Nepnews

रानीपोखरी आउँदो तिहारसम्म सर्वसाधारणका लागि खुल्ला हुने

Nepnews

त्रिभुवन विश्वविद्यालयको आजको लागि निर्धारित बैठक स्थगित

Nepnews

पाँच लाख रोजगारी सिर्जना हुन्छ : पूर्वमन्त्री कोइराला

Nepnews