भारतमा बैंक लुटेर भागेका नेपाली सुर्खेतबाट पक्राउ

१६ चैत, काठमाडौं । सोमबार बिहान भारतको चेन्नाईस्थित इन्डियन ओभरसिज बैंकमा भएको लुटपाटमा संलग्न एक जनालाई इन्टरपोलको नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी) काठमाडौंले सुर्खेतबाट पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सुर्खेतको बराहताल गाउँपालिकाका कर्णबहादुर शाही छन् । उनी भारतमा बैंक चोरीपछि भागेर गृह जिल्ला आएको भन्दै एनसीबी मुम्बईले एनसीबी काठमाडौंलाई खबर गरेको थियो ।लगत्तै, उनको खोजीमा प्रहरी परिचालित भएको थियो । अहिले उनलाई जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा राखेर आवश्यक सोधपुछ भइरहेको सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) उमाप्रसाद चर्तुवेदले अनलाइनखबरलाई बताए ।उनले प्रारम्भिक बयानका क्रममा आफू पनि त्यो घटनामा अन्यसँगै रहेको स्वीकारेको स्रोतको भनाइ छ । यद्यपि, घटनामा उनको संलग्नता बारे खुलाइएको छैन ।एनसीबी नेपालकी प्रमुख किरण बज्राचार्यले पनि मुम्बई इन्टरपोलबाट आएको सूचनाको आधारमा उनलाई ‘लोकेट’ गरिएको बताइन् ।घटनामा बैंकका दुई सेवाग्राही चेन्नाईकै मरिया एन्बालागान र यूएईकी सुचित्राको लकरबाट ४० लाख रुपैयाँ बराबरको नगरगहना र नगद चोरी भएको थियो ।भारतीय प्रहरीका अनुसार उनीहरु झ्यालको फलामे रडलाई ‘ग्यास कटर’ले काटेरभित्र छिरेका थिए । उनीहरुले ग्यासकै प्रयोगबाट लकर तोडेको समेत जनाइएको छ । घटनामा अन्य नेपालीको पनि संलग्नता रहेको प्रहरीको भनाइ छ ।नेपाल प्रहरी स्रोतका अनुसार थप दुई जना नेपाललाई भारतमा नियन्त्रणमा लिएर सुधपुछ भइरहेको छ ।

Related posts

अमेरिका–क्यानडा सीमा बन्द

Nepnews

सामान्य जग्गा विवादका कारण दाइद्वारा भाइको हत्या

Nepnews

“आत्महत्या” रोग जस्तै गरी देखापर्न थालेकामा चिन्ता

Nepnews

नेपालमा कोरोनाका कारण १२ जनाको मृत्यू, अर्का एक जनाको रिपोर्ट आउन बाँकी

Nepnews

बराबमद गरेको मास्क विक्री गर्न महान्यायाधिवक्ता कार्यालयको निर्देशन

Nepnews

पाटन संग्रहालयलाई मल्लकालिन संस्कृति अध्ययन केन्द्र बनाइने

Nepnews