डेनमार्कमा मान्छेभन्दा सुँगुरको संख्या दोब्बर

युरोपेली देश डेनमार्कमा मान्छेभन्दा सुँगुरको संख्या दोब्बर बढी पुगेको छ ।युरोस्टाटको रिपोर्ट अनुसार डेनमार्कमा हरेक १ सय जना मानिसको तुलनामा २ सय १५ वटा सुँगुर छन् ।युरोपमा मानिसको अनुपातमा सुँगुर र मानिसको अनुपात बढी भएको दोश्रो देश नेदरल्याण्ड हो । नेदरल्याण्डमा हरेक १ सय मानिसका लागि ७० वटा सुँगुर रहेका छन् ।त्यस्तै स्पेनमा हरेक १ सय मानिसका लागि ६३ वटा सुँगुर र बेल्जियममा हरेक १ सय जना मानिसका लागि ५४ वटा सुँगुर रहेका छन् ।युरोपियन तथ्यांक एजेन्सी युरोस्टाटका अनुसार युरोपियन युनियनका सबै देशमा गरी मानिसको जनसंख्या १५ करोड छ भने सुँगुरको जनसंख्या ८ करोड ९० लाख छ ।युरोपेली युनियनका देशहरुमा रहेका ८ करोड ९० लाख सुँगुरमध्ये ४० प्रतिशत स्पेन र जर्मनी गरी दुई देशमा रहेका छन् । त्यस्तै फ्रान्स, डेनमार्क, नेदरल्याण्ड र पोल्याण्डमा पनि सुँगुरको संख्या उच्च छ ।

Related posts

सिजन पुनले पाइन् बलिउडमा इन्ट्री

Nepnews

आश्चर्यजनक कुरा टाउको काटिएको कुखुरा १८ महिनासम्म बाँचिरह्यो

Nepnews

डिभाेर्सकाे खबर छाप्ने पत्रिकाविरूद्ध प्रियंका चाेपराले मुद्दा हाल्ने

Nepnews

मेलबोर्नमा इड शीरनको प्रस्तुती हेर्न पुगेका दर्शक को आक्रोश

nepnews

सांसदको मिन विश्वकर्मा: दलितको अपमान गरियो, ‘गलबन्दी’माथि लागेकाे मुद्धा आपत्तीजनक

Nepnews

‘जीवन काँडा की फुल’ अब चलचित्रमा, यस्तो छ ट्रेलर

Nepnews