यसरी लिनुस् नेपाल टेलिकमबाट ब्यालेन्स सापटी

१६ चैत, काठमाडौं । नेपाल टेलिकमको मोबाइलमा कुरा गर्दागर्दै ‘ब्यालेन्स’ सकिएर फोन काटिने समस्या अब समाधान भएको छ । नेपाल टेलिकमले शुक्रबारदेखि सापटी लिन मिल्ने सेवाअन्तर्गत आफ्ना प्रयोगकर्तालाई यस्तो सुविधा प्रदान गरेको हो ।टेलिकममा शुक्रबार आयोजित एक कार्यक्रमकाबीच सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले ‘नमस्ते क्रेडिट सेवा’को उदघाटन गरे ।
कसरी लिने सुविधा ?:नमस्ते क्रेडिट सेवा लिन प्रयोगकर्ताले आफूले कति रकम बराबरको सेवा लिन चाहेको हो त्यसको जानकारी आफ्नो मोबाइलमा status टाइप गरी १४७७ मा पठाउनुपर्ने हुन्छ ।यो सुविधाअन्तर्गत पाँच रुपैयाँदेखि ४० रुपैयाँसम्मको ‘क्रेडिट टक टाइम’ को सुविधा प्रदान गर्ने टेलिकमले जनाएको छ ।सेवा लिन नचाहनेले stop टाइप गरी १४७७ मा एसएमएस पठाउन सक्नेछन् ।ग्राहकले ब्यालेन्स सकिएपछि प्रयोग गरेको ‘टक टाइम’ बराबरको पैसा भने पछि रिचार्ज गरेपछि प्राप्त ‘ब्यालेन्स’बाट काटिने टेलिकमले जनाएको छ ।यो सुविधामा ग्राहकपिच्छे फरक-फरक रकमको सीमा तोकिनेछ ।यो सुविधा टेलिकमको पि्रपेडमा मात्रै लागू गरिएको हो । नेटवर्कमा सीम ‘एक्टिभ’ भएको तीन महिना पुगेकाले मात्रै यो सेवा पाउनेछन् ।

Related posts

बाँकेमा क्वारेन्टिनमा बसेका एक युवकको मृत्यू

Nepnews

उदयपुरमा थप नौ जनामा कोरोना पोजिटिभ, नेपालमा संक्रमितको संख्या ४० पुग्यो

Nepnews

बाढी-पहिरोबाट ६७ को मृत्यू, १५ हजार घरबारबिहीन

Nepnews

अमेजनको आगलागीमा करोडौं जीवजन्तु नास

Nepnews

नेपालमा कोरोना संक्रमितको संख्या ५०७ पुग्यो, ७० जना निको भए

Nepnews

अमेरिका र जापानबीच ब्यापारिक सम्झौता

Nepnews