पश्चिमी वायुको प्रभावले नेपालमा वर्षा

चैत १६, २०७४ काठमाडौं : पश्चिमी वायुको प्रभावले शुक्रबार काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बद्ली र वर्षा भइरहेको छ। उक्त वायुको प्रभाव खासगरी पूर्व र मध्यका भू–भाग तथा पश्चिमी पहाडी क्षेत्रमा रहेको मौसमविद् गङ्गा नगरकोटीले बताइन। काठमाडौंका विभिन्न स्थानमा बिहानैदेखि बद्ली र हल्का वर्षा भएको छ। अहिले वर्षा रोकिएर आकाश खुल्ला भएपनि अपराह्नदेखि पुनः वर्षा हुने मौसमविद् नगरकोटीको भनाइ छ। पूर्व, मध्य र पश्चिमका केही पहाडी भेगमा हल्कादेखि मध्यम खालको वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाको पछिल्लो विवरण अनुसार कास्कीको लुम्लेमा १७, जुम्लामा १७, जिरीमा आठ, विराटनगरमा छ, पोखरामा पाँच र काठमाडौँमा तीन मिलिमिटर वर्षा भएको छ। आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २७ र न्यूनतम ११ डिग्री सेल्सियस रहेको छ।

Related posts

४० लाख नेपाली बैदेशिक रोजगारीमा

Nepnews

नेपालको ब्यापार घाटा अहिलेसम्मकै उच्च विन्दुमा

Nepnews

नेपाली काँग्रेसले नक्सा सम्बन्धि संविधान संशोधनको पक्षमा मतदान गर्ने

Nepnews

भारतमा वेश्यालय चलाउने वडाध्यक्षलाई रिहा गर्न आदेश

Nepnews

टाटा सुमोको टक्करबाट एक जनाको मृत्यु

Nepnews

आगलागीबाट तीन लाख रुपैयाँ बराबरको क्षति

Nepnews