चैत १७ गतेदेखि अनिश्चितकालसम्म शैक्षिक हड्ताल घोषणा

१६ चैत, काठमाडौं । एसईई परीक्षा जारी रहेका बेला प्रमुख तीन विद्यार्थी संगठनहरुले आम शैक्षिक हड्ताल घोषणा गरेका छन् । अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेबिसंघले यही चैत १७ गतेदेखि अनिश्चितकालसम्म शैक्षिक हड्ताल घोषणा गरेका हुन् ।शिक्षक सेवा आयोगले लिन लागेको अस्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्नुपर्ने उनीहरुको प्रमुख माग छ । अस्थायी शिक्षकहरुको परीक्षा यही चैत २३ गते निर्धारण गरिएको छ ।अखिल क्रान्तिकारीका उपाध्यक्ष सुरेन्द्र बस्नेतले भने, ‘पहिले परीक्षा स्थगित गर्नुपर्‍यो, जसले वार्ताको वातावरण निर्माण गर्दछ ।’सरकारले आन्दोलनरत शिक्षक र विद्यार्थीहरुसँग वार्ता गर्न समिति बनाए पनि उनीहरु पहिले परीक्षा स्थगित हुनुपर्ने अडानमा छन् । परीक्षा स्थगित गर्न माग गर्दै अस्थायी शिक्षकहरु र विद्यार्थी संगठनहरु आन्दोलनमा छन् । उनीहरु छुट्टाछुट्टै स्थानमा आमरण अनसन बसेका छन् ।

‘शिक्षा ऐनमा १० औं संशोधन आवश्यक’
:शिक्षा ऐन नवौं संशोधनमा आन्तरिक प्रतिस्पर्धामा ७५ प्रतिशत र खुला प्रतिस्पर्धामा २५ प्रतिशत कोटा छुट्याइएको छ । यसबाट हजारौं नयाँ जनशक्ति मारमा पर्ने भन्दै विद्यार्थीहरुले विरोध गर्दै आएका छन् ।शिक्षा ऐनको आठौं संशोधनमा भने खुल्लातर्फ ५१ र आन्तरिकतर्फ ४९ प्रतिशत कोटा निर्धारण गरिएको थियो । तर तत्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठको पालामा नवौं संशोधनमार्फत आन्तरिक प्रतिस्पर्धा ७५ प्रतिशत पुर्‍याइएपछि त्यसको चर्को आलोचना हुँदै आएको छ ।अखिल क्रान्तिकारीका उपाध्यक्ष बस्नेतले भने, ‘परीक्षा स्थगित गरेर शिक्षा ऐनमा अविलम्ब १० औं संशोधन गर्नुपर्छ ।’आन्दोलनको कार्यक्रम अन्तर्गत प्रमुख तीन विद्यार्थी संगठनहरुले शुक्रबार बिहान देशभरका कलेज अगाडि र मध्याह्न काठमाडौंको माइतीघर मण्डलामा चक्काजाम गर्दैछन् ।

Related posts

अलैँची खेतीमा डिल्लीरामका सपना

Nepnews

वर्षाका कारण तराईमा डुबान, पहाडमा पहिरो, सतर्क रहन सरकारको आग्रह

Nepnews

भिक्टोरियामा मात्रै थपिए ४२८ कोरोना संक्रमित

Nepnews

नयाँ ब्यवस्थामा जनता अझै अभ्यस्त हुन सकेका छैनः प्रचण्ड

Nepnews

तालिबानका प्रमुख कमान्डरको सैनिक कारवाहीमा मृत्यू

Nepnews

ब्राजिलमा राष्ट्रपतिको समर्थन र विरोधमा छुट्टाछुट्टै प्रदर्शन

Nepnews