बाँकेमा गोली हानी श्रीमतीको हत्या

१६ चैत, काठमाडौं । बाँकेमा गएराति एक महिलाको गोली हानी हत्या भएको छ ।डुडुवा गाउँपालिका ३ बनकट्टीका ३० वर्षीय सञ्जयकुमार बर्माले २८ वर्षीया श्रीमती शान्तिदेवी बर्माको गोली हानी हत्या गरेका हुन् ।जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रवक्ता इन्स्पेक्टर रणबहादुर बिष्टले गएराति ११ः३० बजे सञ्जयकुमारले आफ्नै नाममा रहेको बाह्र बोरको बन्दुकले हानेर श्रीमतीको हत्या गरेको जानकारी दिए । बिष्टका अनुसार, कोखा र दाहिने हातमा गोली लागेको शान्तिदेवीको घटनास्थलमै मृत्यु भएको थियो ।प्रहरीले गोली हानी श्रीमतीको हत्या गर्ने सञ्जयकुमारलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार, मानसिक रोगको औषधि सेवन गरिरहेका सञ्जयकुमारले वयानका क्रममा घरमा काम गर्ने नोकरसँग श्रीमतीले लसपस गरेकाले हत्या गरेको बताएका छन् ।नियन्त्रणमा रहेका सञ्जयकुमारमाथि अहिले प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।

Related posts

९ जना सचिवको सरुवा, जानौं कसको सरुवा कहाँ ?

Nepnews

नाइजेरियामा दुई आत्मघाती विष्फोट, कम्तीमा ३१ जनाको मृत्यु

Nepnews

जिरी विमानस्थल सञ्चालनमा ल्याउन पहल गरिने : पर्यटन मन्त्री

Nepnews

भ्रष्टाचार अभियाेगमा गुठी संस्थानका प्रमुख प्रशासक पक्राउ

Nepnews

थप दश जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २९१ पुग्यो

Nepnews

नेपालमा लगानी गर्न चीनियाँ लगानीकर्तालाई अर्थमन्त्रीको आग्रह

Nepnews