साढे एक करोडमा कोल्ड स्टोर बन्दै

१५ चैत, कैलाली । तरकारी र फलफूल भण्डारनका लागि समस्या रहेको प्रदेश ७ मा एक करोड ६१ लाखको लागतमा कोल्ड स्टोर निर्माण सुरु भएको छ ।अत्तरियामा रहेको कृषि उपज थोक बजार समितिले कोल्ड स्टोर निर्माण गर्न लागेको हो ।उक्त कोल्ड स्टोरमा २९४ मेटि्रक टन तरकारी र फलफूल भण्डारन गर्न सकिने समितिले जानकारी दिएको छ । केही महिनाभित्रै कोल्ड स्टोर निर्माणको कार्य सम्पन्न हुने समितिले जनाएको छ ।प्रदेश सातमा तरकारी तथा फलफूल भण्डारनका लागि पहिलो कोल्ड स्टोर निर्माणमा रिज्म् एफ्पीको ४२ लाख र गोदावरी नगरपालिकाको ४० लाख रुपैयाँको संयुक्त लगानीमा निर्माण सुरु गरिएको समितिका संयोजक नन्दलाल भट्टले बताए । उनले बाँकी रकम व्यापारीबाट उठाउने बताए ।यो प्रदेशको कञ्चनपुरमा आलु भण्डारन गर्ने कोल्ड स्टोर रहेपनि तरकारी र फलफूल राख्न सकिने अहिलेसम्म एउटा पनि कोल्ड स्टोर छैन । यस्तो कोल्ड स्टोर नहुँदा किसानले उत्पादन गरेको तरकारी सुरक्षित गर्न समस्या रहेको छ ।

Related posts

भारतको नयाँ नक्सामा नेपाली भूमी समेटिएपनि नेपाल सरकार मौन

Nepnews

हुरी-बतास र चट्याङबाट सतर्क रहन आग्रह

Nepnews

फ्रान्सका पूर्व राष्ट्रपति ज्याक शिराकको निधन

Nepnews

चिनियाँ होटलमा आगलागी , १८ को मृत्यु

Nepnews

इजरायलका प्रधानमन्त्रीले बनाए यस्तो रेकर्ड

Nepnews

नेपालमा कोरोना संक्रमितको संख्या ८६०५ पुग्यो

Nepnews